पर्सा, २१ पुस । वीरगंज महानगरपालिका–१६ रजयन्ति चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ पक्राउ पर्नेहरुमा भारत मोतिहारी पुर्बीचम्पारण ढाका थाना बिश्रामपुर–७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने बिगन साह रहेका छन् ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले लुकाई ल्याउँदै गरेको उक्त नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया