जेसीबीको ठक्करबाट भारतीय कामदारको मृत्यु

समाचार

बाँके, २१ पुस । जानकी गाउँपालिका–६ डिठापुरस्थित इँटा उद्योगमा माटो सम्याउने क्रममा भे.१ क ७१५ नम्बरको जेसिभिले ठक्करबाट एक भारतीय कामदारको मृत्यु भएको छ ।

सोही उद्योगमा काम गर्ने भारत बहराईच रामपुर बस्ने २९ वर्षीय बिनोद यादबको मंगलबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । जेसिभि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ