सवारी दुर्घटनामा रुपन्देहीमा दुई जनाको मृत्यु

समाचार

रुपन्देही, २१ पुस । जिल्ला छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटानामा दुई जनाको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–१२ देबकोटा चोकमा लु.३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्तपालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–१२ बस्ने राहुल गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी, बुटवल उपमहागनगरपालिका–५ नेपालगंज रोडस्थित हाल नम्बर नखुलेको स्कटुरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–९ दिपनगर बस्ने नवलपरासी वर्दघाट नगरपालिका चिसापानी घर भएका ५१ वर्षीय सुवास रानाको मंगलबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्विनी प्रादेशिक अस्पताल वुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ