बाँके, २२ पुस । नेपालगंज उपमहानगरपालिका–२१ पुरैनीबाट २४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
सोही उपमहानगरपलिका–६ फुलटेग्रा बस्ने २१ वर्षीय प्रमोद सोनखरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया