मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

कैलाली, २२ पुस । लम्कीचुहा नगरपालिका–६ गुलरास्थित सडकमा से.४ प ६०२१ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका–५ बस्ने ३६ वर्षीय मेघलाल चौधरीको मृत्यु भएको छ । 

उक्त मोटरसाइकलले पैदलयात्री लम्कीचुहा नगरपालिका–६ बस्ने ६२ वर्षीय भवान सिंह भाटलाई ठक्कर दिई उक्त मोटरसाइकल रा.१ क ११३० नम्बरको क्रेन परेर गम्भीर घाइते भएका उनको उपचारको लागि लालरत्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

घाइते भएका भाटको सोही अस्पतालमा उपचार भइरहेको छ । क्रेन चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ