धनुषा, २३ पुस । मिथिला नगरपालिका–८ बडहरीस्थित सडकमा प्र २–०२–००१ च ०७२८ नम्बरको बोलेरो र बा.१७ च ३७८६ नम्बरको कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बोलेरो र कार एक–आपसमा बिहीबार राति ठोक्किएर दुर्घटना हुँदा कार चालक महोत्तरी गौशाला नगरपालिका–२ बस्ने ३५ वर्षीय उदम चौधरीको मृत्यु भएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनामध्ये १ जनाको न्यूरो अस्पताल बाँसवारी र २ जनाको मोडल अस्पताल लालगढमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया