सप्तरी, २४ पुस । प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयको सहयोगमा सप्तरीको वनरझुला आधारभुत विद्यालयको २ कोठे भवनको शिलान्यास भएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।
कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, अर्थमन्त्री शैलेन्द्र साह लगायतका सहभागिता रहेको थियो ।
५० लाखको लागतमा बन्न लागेको उक्त भवनले विद्यार्थीको अध्यनमा ठूलो सहयोग पुग्नेछ ।
तपाईको प्रतिक्रिया