बाघको आक्रमणबाट महिलाको मृत्यु

समाचार

नेपालगन्ज, २४ पुस । बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

शनिबार बिहान जंगलमा पात टिप्न जानेक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरीलाई बाघले आक्रमण गरेको थियो ।

चौधरीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ