कपिलवस्तु, २५ पुस । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धीद्वय बाबुराम खनालले १८६ र नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु निर्वाचित भएका छन् । थारुले ३ सय ४५ मत प्राप्त गर्दा प्रतिस्पर्धी हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गरे ।
तपाईको प्रतिक्रिया