जनकपुरधाम, २५ पुस । भारतको महावाणिज्य दूतावास वीरगंजद्वारा उद्योग वाणिज्य संघ जनकपुरधाममा “नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान” विषयक गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले हिन्दी जनजनको भाषा भएकोले हिन्दी हामीलाई जोड्ने भाषाको रुपमा स्थापित भएको बताउँदै हिन्दीको योगदानलाई बिर्सन नसकिने बताए ।
यस्तै, कार्यक्रमका विशिष्ट अतिथिको रुपमा बोल्दै प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नेपाल र भारतबीचको सम्बन्ध अटुट रहेकोले कसैले तोडन नसकिने बताएका छन् ।
साहित्यकार आशा सिन्हाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रदेश नं. २ का प्रदेशसभा सदस्य सुरिता साह, जनकपुधाम उप महानगरपालिका प्रमुख लालकिशोर साह, महावाणिज्यदूत नितेश कुमार, साहित्यकार रामभरोश भ्रमर लगायतका वक्ताहरूले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदानवारे चर्चा परिचर्चा गरेका थिए ।
कार्यक्रममा हिन्दी काव्य रचना प्रस्तुत गर्ने साहित्यकारहरुलाई सम्मान पनि गरेका थिए ।
तपाईको प्रतिक्रिया