रौतहट, २५ पुस । वामपन्थी आन्दोलनका अगुवा नेता तथा समाजसेवी काशीप्रसाद साहको निधन भएको छ ।
लामो समयदेखि वामपन्थी आन्दोलनमा जोडिएका समाजसेवी साह नेकपा एमालेका कार्यकर्ता थिए । ७९ वर्षको उमेरमा उनको निधन भएको हो ।
रौतहटको गरुडा नगरपालिका ४ का वामपन्थी नेता साहको योगदान गरुडालाई सहरीकरण गर्नमा पनि रहेको छ । साह मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाको व्यवस्थापन समितिका सदस्य पनि हुन् ।
अनेक समाजसेवी संस्थामा काम गरेका साह विगत ६ वर्षदेखि क्यान्सर रोगले ग्रसित साहको उपचार काठमाडौँमा हुँदै आएको थियो ।
साहको अन्त्येष्टि शनिबार गरिएको पारिवारिक स्रोतले जानकारी गराएको छ । साहको पार्थिव शरीरलाई कम्युनिष्ट पार्टीको झन्डा ओढाई सम्मान गरिएको छ ।
तपाईको प्रतिक्रिया