काठमाडौं, २५ पुस । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र भौतिक पूर्वाधारमन्त्री रेणु यादवबीच आइतबार सिंहदरबारमा औपचारिक भेटघाट भएको छ ।
सो भेटघाटमा अध्यक्ष डा. दत्तले तराई–मधेशलाई समृद्ध गर्न रेलले महत्वपूर्ण योगदान दिने भएकोले रेललाई यथाशीघ्र संचालनमा ल्याउन अनुरोध गरेका थिए ।
मन्त्री यादवले आगामी फेब्रुअरीको पहिलो हप्तादेखि रेल संचालनमा आउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
सो भेटघाटमा कुसाहा–बेल्ही सडक, हुलाकी राजमार्ग, चिसोले गर्दा तराई–मधेशमा कष्टकर बन्दै गइरहेको जीवन लगायातका महत्वपूर्ण विषयमा करिब आधा घण्टा गहन छलफल भएको छ ।
तपाईको प्रतिक्रिया