काठमाडौं, २५ पुस । क्षत्री समाज राष्ट्रिय महासंघलाई पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर प्रदान गरेका छन् ।
क्षत्री समाजको छैठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा पुनः निर्वाचित अध्यक्ष विष्णुबहादुर खड्कालाई आइतबार प्रदेश नं. २ का पूर्वप्रदेश प्रमुख डा.अहिराजले तस्वीर प्रदान गरेका हुन् ।
सो अवसरमा डा.अहिराजले क्षत्री समाजको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना व्यक्तसमेत गरेका थिए ।
तपाईको प्रतिक्रिया