कटुवा पेस्तोलसहित युवक पक्राउ 

समाचार

बाँके, २६ पुस । नेपालगंज उपमहानगरपालिका–२० मनिकापुरबाट १ थान कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

सोही उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ