मोरङ, २६ पुस । धनपालथान गाउँपालिका–२ बरियाती टोलबाट करिब ३ किलो १ सय ५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय वसन्त पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो विशेष सूचनाको आधारमा प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै उक्त गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने ३६ वर्षीय रबिन राईलाई नगद २० हजार ५ सय रुपैयाँ र सोही ठाउँ बस्ने २९ वर्षीय वचन राईलाई प्रदेश नम्बर १–०२०–०४५ प २६९९ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया