‘नेपाली नागरिक आमा–बुवाका सन्तान कहिलेसम्म अनागरिक सरकार’

समाचार

काठमाडौं, २६ पुस । सरकारले आफ्नै नागरिकलाई अनागरिक बनाएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा नागरिकता माग्दै धर्ना दिइएको हो ।

सोमबार धर्नामा बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन् ।

सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरुको गम्भिर आरोप छ ।

धर्नामा सहभागी भएकाहरुले ‘हामी नेपाली बाबु–आमामा सन्तान, कहिलेसम्म अनागरिक बन्नु पर्ने सरकार’, ‘संविधान अनुसार नागरिकको व्यवस्था गर’ भन्ने जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ