सप्तरी, २६ पुस । बलिदानी दिवसको अवसरमा प्रदेश नं. २ को सरकारले मधेश आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश नं. २ का अर्थमन्त्री शैलेन्द्र साहले आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसको अवसरमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने बताएका छन् ।
यसपटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउँदैछ । बलिदानी दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई रु ३ लाखका दरले प्रदान गरिने प्रदेश अर्थमन्त्री साहले बताए ।
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले सोमबार आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले यो रकम प्रदान गरिने बताए ।
यस्तै, मधेश आन्दोलनमा घाइतेलाई पनि रकम प्रदान गरिने उनले बताए । उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया