कैलाली, २६ पुस । टीकापुर नगरपालिका–७ सत्तीबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश चौधरीलाई नियन्त्रित लागूऔषध ३५ क्याप्सुल स्पास्मो प्रोक्सिभन सहित प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँस्थित सडक किनारमा से.४ प ६७५६ नम्बरको मोटरसाइकल पार्किङ गरी शंकास्पद तवरले बसिरहेका प्रकाशलाई प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया