दुर्घटनामा स्कुटर चालकको मृत्यु

समाचार

रुपन्देही, २६ पुस । बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित सडकमा लु.११ प ७७२१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँची सितगंगा नगरपालिका–४ घर भएका १८ वर्षीय सुरेन्द्र घर्ती क्षेत्रीको मृत्यु भएको छ । 

उक्त स्कुटर सडक किनारमा रोकी राखेको ना.६ ख ९७५५ नम्बरको ट्रकमा ठोकिदा अनियन्त्रित भई ग.१ घ ३८ नम्बरको गाडीमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको  हो । 

दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ