प्लाष्टिक उद्योगमा आगलागी हुँदा १० करोडको क्षति

समाचार

धनुषा, २७ पुस । लक्ष्मीनिँया गाउँपालिका–७ भगवतीपुरस्थित जनकपुर उपमहानगरपालिका–४ बस्ने नवल मुडरकाको जानकी प्लाष्टिक उद्योगमा विद्युत सर्ट भई आगलागी भएको छ ।

सोमबार राति आगलागी हुँदा मेसिन, मेटेरियल सामान, केमिकल, कच्चा पदार्थ, काठपात, लत्ताकपडा लगायत अन्नपात जलेर करिब १० करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ