बर्दिया, २७ पुस । ३००औं पृथ्वी जयन्तीको अवसरमा प्रदेश नं. २ का पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले राष्ट्र निर्माता पृथ्वीनाराण शाहको पूर्ण कदको शालिक अनावरण गरेका छन् ।
बर्दिया जिल्लाको गुलरियामा मंगलबार पृथ्वी जयन्तीको अवसरमा डा.अहिराजले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक अनावरण गरेका हुन् ।
बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसिंचाइमन्त्री संजय कुमार गौतमको सांसद पूर्वाधार विकास कोषद्वारा गुलरियामा पृथ्वीनारायण शाहको शालिक निर्माण भएको हो ।
शालिक अनावरण गर्दै डा.अहिराजले पृथ्वीनारायण शाहको नेपाल निर्माणमा योगदानबारे चर्चा गरेका थिए । उनले आज नेपाललाई विश्वसामु चिनाउन उनको अविश्मर्णीय योगदान रहेको बताए ।




तपाईको प्रतिक्रिया