चिनियाँ सरकार मुर्दावाद भन्दै काठमाडौंमा प्रदर्शन

समाचार

काठमाडौं, २८ पुस । ‘चिनियाँ सरकार मुर्दावाद’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । 

बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनकारीहरुले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने आन्दोलनकारीको माग रहेको छ ।

आन्दोलनकर्मीले नेपाल चाइना नाका खुल्ला गर, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गरलगायतका नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ