काठमाडौंमा ‘गो ब्याक चाइना’ भन्दै चिनियाँ राजदूत यान्छीको पुतला दहन

समाचार

काठमाडौं, २८ पुस । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूतविरूद्ध चर्को नाराबाजी पनि लगाइएको छ । 

अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाएका थिए ।

सोही क्रममा उनीहरूले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पुतला दहनसमेत गरेका छन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका हुन् । 

राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा प्रदर्शनसहित राजदूत यान्छीको पुतला दहन गरिएको हो ।

पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको अध्यक्ष यादवले बताएका छन् । 

चिनियाँ राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ