बाँके, २८ पुस । बैजनाथ गाउँपालिका–३ स्थित सडकबाट सोही ठाउँ बस्ने ३३ वर्षीय पिलावर शाही लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
४ ग्राम २ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बुधबार दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया