कपिलवस्तु, २८ पुस । बाणगंगा नगरपालिका–१ बैरियास्थित सडकमा लु.६९ प ७४७८ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रजोल भुसालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन र चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया