घुरबाट आगलागी हुँदा १२ चौपाया जले

समाचार

रौतहट, २८ पुस । गौर नगरपालिका–८ पुरेनवास्थित रधुनाथ साहको गोठमा बालेको घुरबाट आगलागी हुँदा १२ चौपाया जलेका छन् ।

बालेको आगो बुधबार दिउँसो आगलागी हुँदा १२ वटा चौपाया, अन्नपात, लत्ताकपडा लगायत सामान जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ