चीनले नेपालमा अघोषित नाकाबन्दी गरेको छ : यादव

समाचार

काठमाडौं, २९ पुस । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले छिमेकी राष्ट्र चीनले नेपालमाथि अघोषित नाकाबन्दी गरेको बताएका छन् ।

उनले चीनले गरेको अघोषित नाकाबन्दीका कारण नेपालीहरु दिनप्रति दिन मारमा पर्दै गएको बताएका हुन् । उनले भनेका छन्, ‘चीनले नेपालमाथि अघोषित नाकाबन्दी गरेको छ, नेपाली भूमि कब्जा गर्दैछ, व्यापारीहरु मारमा छन् ।’

एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष यादवले लाखौं रुपैयाँ बराबरको मालसामान चिनियाँ नाकामा बर्बाद भइरहेको बताएका हुन् । यस्तै, नेपाली विद्यार्थीहरुहरु पनि पीडामा रहेको उनले बताए ।

चिनियाँ हस्तक्षेप र अघोषित नाकाबन्दीका विरुद्धमा आफूहरु आन्दोलनमा रहेको उनले बताएका छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ