चीनले नेपालको राजनीतिमा खुल्लमखुल्ला हस्तक्षेप गरिरहेको छ : मण्डल

समाचार

काठमाडौं, २९ पुस । मधेशी नागरिक समाजका अध्यक्ष गणेश मण्डलले छिमेकी राष्ट्र चीनले नेपालको राजनीतिमा खुल्लमखुल्ला हस्तक्षेप गरिरहेको बताएका छन् । 

अध्यक्ष मण्डलले एक टेलिभिजनको अन्तर्वार्तामा सो कुराको खुलासा गरेका छन् । उनले भने, ‘चीनले नेपालमा आफ्नो प्रभुत्व जमाउनका लागि नेपालका कम्युनिष्ट पार्टीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।’

चिनियाँ राजदूतले राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर प्रशिक्षण दिइरहेको समेत उनले बताए । उनले एमसीसीको विरोध गराउन पनि चीनले केही नेता र बुद्धिजीवीहरुलाई उचालेको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ