बाँके, ३० पुस । युथ टुडे मिडिया नेटवर्क प्रा.लिको आयोजनामा बिहिबार नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा शिक्षा र स्वास्थ्यकोे अवस्था विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन नागरिक संवाद सहजीकरण कार्यक्रम आयोजना गरिएको थियो ।
वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले किशोरीहरुलाई लक्षित गरी संचालन गरिएको कन्या माविमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गराईएको बताउँदै शिक्षक र शिक्षण संस्थालाई श्रोत साधन सम्पन्न बनाउने र दरबन्दी अनुसारको शिक्षक व्यवस्था गर्ने काम वडाको पहलमा भईरहेको बताए । उनले नागरिकहरुबाट आएको गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
वडा अध्यक्ष बेहनाले बिपन्न तथा जेहनदार किशोरीहरुलाई आफनो व्यक्तिगत खर्चबाट पढाउने संवाद कार्यक्रममा प्रतिबद्धता गरेका थिए ।
नेपालगंज उपमहानगर पालिका वडा नं. ४ कि सदस्य एंव कार्यपालिका सदस्य इन्दीरा शाहीले स्वास्थ्य सेवाको प्रगतिको अवस्था वडामा सन्तोषजनक भएको बताउँदै जनताको चाहना अनुसार आफूहरु काम गर्न सफल भएको बताएका थिए ।
स्थानीय टंक गहतराजले कोरोनाको समयमा वडाले गरेको कामलाई आफूहरु भुल्न नसक्ने बताउदै वडा अध्यक्षको खुलेर प्रशंसा गरे । उनले थप्दै भने कोरोनाको समयमा माओबादीका नेता बसन्त मल्ल लगायतले खेलेको भूमिकाको स्वागत योग्य रहेको थियो । उनले अन्य वडाको तुलनामा ४ नम्बरले धेरै राम्रो गरे पनि फोहर व्यवस्थापनमा ध्यान केन्द्रीत गर्न वडालाई सुझाव दिएका थिए ।
तपाईको प्रतिक्रिया