किसानलाई क्षतिपूर्तिको माग गर्दै ज्ञापन

समाचार

रौतहट, ३० पुस । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाका किसानहरुलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै सातबुँदे ज्ञापनपत्र बुझाइएको छ ।

किसान संघर्ष समितिका अध्यक्ष संजय यादवले दुर्गाभगवती अध्यक्षलाई सातबुँदे ज्ञापनपत्र बुझाएका छन् । 

यस्तो छ ज्ञापनपत्र

श्री मान् गा.पा अध्यक्ष ज्यू,
दुर्गा भगवती, गंगा पिपरा,
रौतहट, नेपाल

विषयः–क्षतीपूर्ति को लागी ज्ञापन पत्र दिएको संब्नधमा ।    
                     
        उपरोक्त सम्बन्धमा हाम्रो देश नेपाल कृषि प्रधान देश हो त्यमा पनि मधेशका अधिकांश जनता कृषिमै अधारीत रहेको छ । त्यस मध्ये पनि दुर्गा भगवती गाउँपालिकाका वडा नं.४ का जनताहरु पूर्ण रुपमा कृषिमै निर्भर रहेको छ । हामी दुर्गाभगवती गाउँपालिकाका किसानहरुको हातमूख जोडने तथा जिवनका हरेक आवश्कताहरुको परिपुर्ती खेतीपाति बाट प्राप्त आम्दनी मै पुर्ण रुपले निर्भर रहेका छन् । 

 महोदय, यस दुर्गाभगवती गाउँपालिका का हामि किसानहरु वषैनी बाडीले पिडिट रहदै आएका छौ । हाम्रो दुःख रपिडामा गाउँपालिका बाट मलहम लगाइ योस भने आशाबादी छौ गाउँपालिका बाट विभिन्न सुबिधाको आशा राखे पनि किसानहरुलाइ समयमा विउविजन , मलखाध लागायत उन्नत तथा वैज्ञनिक तरिका ले खेतिपाति गर्नलाइ कृषी तालिम प्राप्त हो भने आशा समेत राखेका छौ । तर त्यस मध्ये कुनै पनि किसीमको सुविधा अहिले सम्म प्राप्त भएको हामिलाइ अनुभिति छैन । हामि आफनै तरिकाले परम्परागत शैलिमा नै खेतिपाति गरदै आएको मा पनि यहि पुषको दोस्रो हप्तामा नहरमा पानी आउदा त्यसको पानी अनियन्त्रित तवरले हामिले सैकडै बिघामा लगाएको दलहन वालि मसुरि,तेलहन वाली सरसो तोरी र गेहुमा पानी पसेर नष्ट भएको जसको प्रमुख कारण गाउँपालिकाले बाढि आएको बेला नहरकाटि पानी खोलेको तर त्यसलाइ नपुरि जस्ताको त्यस्त छाडेको कारण यो भयावह समस्या तथा दुःख र पिडा किसानहरुले भोग्नु परिरहेकोले यसमा गाउँपालिकाका कार्यलयको लपरवाहि तथा गैर जिम्मेवारिपन देखिएको हामी गरिव किसानहरु महशुस गरेका छौ । हामी किसनहरुलाइ नजिन दिनु नमर्न दिनु अवस्थामा पुर्याउने गाउँ पालिकाले हाम्रो तपसिलका मागहरु लाइ यथाशिघ्र पुरागरी गरिव किसानहरु प्रतिको संवेदनशिलता देखिने र स्थानिय सरकारको प्रत्याभुति हामि गरबिलाइ पनि होस भने आशा राखि योज्ञपन पत्र पेस गरेका छौ ।                                                                                         
  

                         
                    तपसिलका मागहरु,
 
१. पानीले हानी नोक्सानि भएको जग्गाहरुलाइ निरिक्षन मूल्यांकन गरि प्रतिकठा एक मन मसुरिको मूल्य कमति ५००० हुनेगरि छतिपूर्ती उपलव्ध गराउनु हुन ।

२. हामी किसान हरुलाइ किृषी उपकरणहरु उपलब्ध गराउनु हुन ।

३. हामी किसान हरुलाइ मल, विउ, खाध समय समयमा उपलब्ध गराउनु हुन ।

४. गाउँ पालिकाबाट किृषी अनुदान मा हुदै गरको             नातावाद, कृपावाद जस्ता
   अनियनितताहरु ल्गायतका भ्रष्टााचार जन्य कियाकलापहरु बन्द गर्नुपर्न ।

५.किसनहरुलाइ उन्नत कृषी प्रविधि सम्वन्धित तालिमहरु उप्लव्ध गराउनु पर्ने ।

६. पशूहरुमा समय समयमा लाग्ने रोग हरु विरुद्ध ख्बअअष्लबतष्यल  गर्नुपर्ने ।

     ७. नहरको दुवै छेउमा अतिक्रमीत जागाहरु खाली गराइ पानी को निकास दिनुपर्ने ।

मथि उल्लेखित मागहरु हम्रो जिवन मरन संग सम्वन्धित रहेको हुनाले उक्त मागहरु समयमै पुरागरि हामि कृषक जनता हरुलाइ स्थानिय सरकार को अनुभुति गराउन जोडदार मांग गर्दछौ । अन्यथा हामि यी मागहरु अन्य निकाएमा राख्न तथा अन्य तरिका ले पनि आफना मागहरु पुराग राउन बाध्य हुनेछौ ।
ज्ञापनकर्ता
किसान संघर्ष समिति
संजय यादव                                   
अध्यक्ष

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ