सीमाको सम्बन्धमा भारतको धारणा यथावत र स्पष्ट छ : दूतावास

समाचार

कठमाडौं, ३ माघ । नेपाल–सीमा समस्याबारे आएका समाचार एवं विज्ञप्तिबारे सोधिएका प्रश्नमा नेपालस्थित भारतीय राजदूतावासका प्रवक्ताले प्रतिक्रिया दिएको छ ।

नेपाल–भारत सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रुपमा यथावत् र स्पष्ट रहेको दूतावासले जनाएको हो ।

दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा सम्वादका लागि सबैभन्दा उपयुक्त हुन् भन्ने दूतावासको धारणा रहेको बताइएको छ ।

‘दुई पक्षीबच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरुलाई सधैं हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ