सर्लाही, ३ माघ । “अप्पन संस्कृति अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ तेस्रो पटक अन्तर्राष्ट्रिय भुईया दिवस मनाइएको छ ।
अन्तर्राष्ट्रिय भुईया दिवस बचाई सदाको अध्यक्षतामा, न्याय, जिवनरक्षा र वकालत गर्ने दलित अधिकारकर्मी चन्देश्वर सादा ज्यूको प्रमुख अतिथि, तथा समाजसेवी अभियानी भारत विहारको डा. हुलेश माझी, पुर्व सासंद असर्फी सदा सहित मुसहर समुदायको अगुवा रामस्वरुप सदा, बद्री सदा, मिसन गायक नन्द विहारी, ललकु सदा, सलिता सादा, लगायत शिक्षित, बुद्धिजीवि, समाजसेवी, वडा अध्यक्षहरु लगायत ब्यतिmहरुको उपस्थितिमा मनाएका छन् ।
मुसहर समुदायको वर्तमान अवस्था, त्यसका जडकारण र समाधानका उपायहरुवारे मन्तब्य राखिदै उम्लिरहेको तातो दुधले नुहाउने अपटौनी पुजा, मोरङ्गका कलाकार नविन, सुदेशी, विरु रिषिदेव द्धारा साँस्कृतिक कार्यक्रम गरी दिवस मनाएका छन् ।
बाचेको एक मात्र मुसहर समुदायको संस्कृती तातो दुधले नुहाई गर्ने दिनाभद्रीको अपटौनी पुजालाई बचाइ राख्न, उहाँको पहिचान तथा पराक्रमलाई स्थापित गर्न, भुईयाको अर्थ भुमि भएकोले मुसहर र भुमि बीचको सम्वन्ध र मुसहर समुदायको पुर्खाले भुमिपुत्रको रुपमा गरेको कर्मलाई जनमानस समक्ष ल्याउन, माघ १ गते सबै मुसहर जाति एकै साथ मनाउने भएकोले राष्ट्रिय पर्वको रुपमा स्थापित गर्न, भुमिको राजा भएको मुसहर कसरी भुमिहिन भएर दैनिक जिवन गुजारिरहेको तथ्य जनमानस समक्ष पुर्याउन, अन्तर्राष्ट्रिय स्तरमा मुसहर समुदायको साँस्कृति, समबन्ध तथा समस्या स्थापित गर्न अन्तर्राष्ट्रिय भुईया दिवस मनाइएको भोरको अध्यक्ष पचुलाल माझीले बताए ।
अन्तर्राष्टिय भुईया दिवसको आयोजना अभियानी परोपकारी भोर नामक संस्था, नेपाल राष्ट्रिय मुसहर सघं, जय श्री दिनाराम भद्री सदा सेवा समाज, सप्तरी नेपाल, दिनाभद्री बास्केट फण्ड, अन्तर्राष्टिय मुसहर भुईया विकास समिति तथा हनुमाननगर नगरपालिका नपा—२ सकरदही, नहरटोल, मेघरौन बासीको संयुतm आयोजनामा मनाएको थियो ।
सबैभन्दा अन्तिम पिधमा रहेको मुसहर समुदाय समृद्ध भए, नेपाल समृद्ध हुने, शिक्षा, आर्थिक र राजैतिक रुपले अगाडी बढनुपर्ने साथै दलित समुदायको हत्या र बलात्कार हुदाँ त्यसको विरोध हजारौ हजार दलित समुदायले गरे पनि सघंीय सरकारले केही नगरेको आरोप चन्देश्वर सदाले लगाउनु भएको थियो भने, मुसहर समुदायको गौरव साँस्कृति, पहिचान, सम्बन्ध र समस्यालाई अनर्राष्ट्रिय स्तरमा स्थापित गरी दिनाभद्रीलाई राष्ट्रिय विभुतिको रुपमा घोषणा गर्नुपर्ने कुरा डा. हुलेश माझीले भनेका थिए भने भुमिको राजा मुसहर कसरी आज भुमिहिन भयो भन्ने कुरा लगायत मुसहर जातिको परिर्वतनक शिक्षा र आर्थिक पार्जन नै रहेको कुरा पुर्व सासद असर्फी सदाले बताएका थिए, भने मुसहर समुदायको शिक्षा, जग्गा, आबास, स्वास्थय, राजनैतिक सहभागीता, कामको अवसर दिनुपर्नेमा सरकार लगायत गैरसरकारी संस्थाहरुले काम गर्नुपर्ने कुरा रामस्वरुप सदा, बद्री सदा, ललकु सदा, रामपुकार महरा, गगां सदा, सलिता सदाहरु ज्यूले भनेका थिए ।
दिनाभद्र्री (भुईया महराज) मुसहर कुलमा जन्मेको भए पनि उहाहरुले सम्र्पुण समाजको हितको लागी काम गरेका थिए । श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई कब्जा गरी जवरजस्ती एक रात शारीरिक सम्वन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहं लगायत एक सय एक्कावन जना शोषक, अन्यायी , अच्याचारी, सामन्ती सित लडी जित प्राप्त गरेका थिए जस्को गुनगान नेपालमा मात्र नभएर छिमेकी देश भारत, बगांलमा पनि चर्चा रहेकोले त्यसअनुरुप पनि अन्तर्राष्ट्रिय भुईया दिवस मनाइएको बताए ।
तपाईको प्रतिक्रिया