अजय कुमार सिंह, जनकपुर, ३ माघ । २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्पीय सचेतना सुरक्षित संरचना सहितको मूल नाराका साथ धनुषा, महोत्तरी र सर्लाहीका प्राविधिकहरुको एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सहरी विकास तथा भवण निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनुषाको आयोजनामा संघीय आयोजना कार्यान्वयन इकाई धनुषाको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा भुकम्पीय सम्बन्धी विभिन्न प्रयोगहरुका बारेमा ईन्जिनियर कुन्दन कर्णले आफ्नो प्रस्तुती गर्दै भुकम्पबाट जोगिनका लागि हामीले निर्माण गर्ने संरचनाहरुमा ३ तल्लाको धर निर्माण गर्दा m20, ३ तल्ला भन्दा माथिको घरमा M25 र घरको पिलरमा कम्तिमा ८ ओटा रडको प्रयोग अनिर्वाय रुपमा गर्नु पर्ने लगाउतका बारेमा उनले सो कार्यक्रमा बताएका थिए ।
कार्यक्रममा प्राविधिक गौरी पण्डित, राजेश कुशवाहा, मनोज मण्डल लगायतका व्यक्तिहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रमा संघीय आयोजना कार्यान्वयन इकाई धनुषाको नि. आयोजना प्रमुख इं घनश्याम ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया