मोटरसाइकलको ठक्करबाट मृत्यु

समाचार

कैलाली, ३ माघ । लम्कीचुहा नगरपालिका–४ लियास्थित सडकमा से.६ प ८७८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका मेलडाड बस्ने ५५ वर्षीया मनसरा न्यौपानेको मृत्यु भएको छ । 

आइतबार साँझ ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिल कलेज कोहलपुर नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ