रौतहट, ४ माघ । बौधीमाई नगरपालिका–७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँसहित १९ वर्षीय यसराज जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने जयसवाल नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया