जनकपुरधाम, ४ माघ । मधेशका ८ वटा जिल्लालाई मात्रै मधेश प्रदेश घोषणा गरेको भन्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आपत्ति जनाएको छ ।
जनमतका शीर्ष नेताहरुले आठ जिल्लाको मधेशप्रति असन्तुष्टि जनाएका छन् ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले ८ जिल्लाको मधेश प्रदेश आफूहरुलाई मान्य नरहेको बताएका छन् ।
झापादेखि कंचनपुरको जनभावना विपरित ८ जिल्लाको मधेश प्रदेश नामाकरण गर्नु मधेश विद्रोहको भावनाविपरीत रहेको खानले बताएका छन् ।
उनले भनेका छन्, ‘यो अधुरो, अपुरो नाम राखेर मधेशको हत्या मान्य छैन ।’
तपाईको प्रतिक्रिया