वीरगन्ज, ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको पुतला दहन गरिएको छ । वीरगन्जलाई राजधानी नतोकिएको भन्दै मुख्यमन्त्रीको पुतला दहन गरिनुका साथै उनको घरमा ढुंगामुढा प्रहार गरिएको छ ।
प्रदेशसभाबाट सोमबार प्रदेश २ को राजधानी जनकपुर निर्धारण भएपछि साँझ वीरगन्जको घन्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाइएको थियो ।
वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २ बजेदेखि मोटरसाइकल ¥यालीको आयोजना गरेको थियो ।
हातमा कालोपट्टी बाँधेर निस्किएको ¥याली पावरहाउस चोकतर्फ जाने क्रममा राधेमाईस्थित मुख्यमन्त्रीको घरतर्फ मोडिएको थियो ।
¥यालीमा सहभागी एक युवाले ढुंगा प्रहार गर्दा घरको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ¥याली पावरहाउस जाने जानकारी गराइएको थियो ।
तपाईको प्रतिक्रिया