लोसपा धनुषाद्वारा जानकी मन्दिरमा दीप प्रज्वलन

समाचार

जनकपुरधाम, ४ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाले प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा जानकी मन्दिरमा दीप प्रज्वलन गरेको छ ।

लोसपा नेपाल धनुषाले मंगलबार साँझ जानकी मन्दिर प्रांगणमा दीप प्रज्वलन गरी खुशियाली मनाएको छ ।

लोसपा धनुषाका नेता कार्यकर्ताहरुले दीप प्रज्वलन गरी शुभकामना आदान–प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ