सत्यको इतिहास ‘मधेश’ नामले प्रमाणित गर्दछ : सरिता गिरी 

समाचार

नेपालको राजनीतिमा मधेश र मधेशी शब्द प्रवेश गराउने स्व. गजेन्द्र नारायण सिंह जी लाई स्मरण गर्दछु। कुनै समयमा यो दुबै शब्द तिरस्कृत जस्तै थिए ।

कती अपमान र कती पीडा का कथाहरु यी शब्द का साथ जुडे का छन ,त्यसको गहराईमा पुग्न सजिलो छैन । मेरो लागि त जीवन को अर्थ नै बदलियो जब मैले कहिले मधेशी र कहिले इन्डियन को परिचय पाएँ ।

मधेशी शब्द मेरो लागि नितान्त नया थियो । टाउको निहुराएर अरुले दिएको परिचय लाई स्वीकार गरेर विभेद को अन्त्य का लागि राजनीति गर्दा पनि जीवन सहज रहेन । धेरै जटिल छ यस शब्दको प्रभाव र महिमा ।

तर मधेश यस भुखंडको सब भन्दा पुरानो देश र सभ्यता रहेछ ,यस सत्यको इतिहास मधेश नाम ले प्रमाणित गर्दछ । —सरिता गिरीको फेसबुक वालबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ