काठमाडौं, ५ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेश विद्रोहको १५ वर्ष पूरा भएको अवसरमा शहीदहरुप्रति श्रद्धासुमन व्यक्त गरेको छ ।
संघीय राजधानी काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा बुधबार १५औं बलिदानी दिवस मनाइएको हो ।
बलिदानी दिवसको अवसरमा लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेता कार्यकर्ताहरुले शहीदहरुको तस्वीरमा माल्यार्पण गरी श्रद्धासुमन व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया