वीरगन्ज, ५ माघ । मधेस प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको घरको ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् ।
मधेश प्रदेशको राजधानी वीरगन्ज नबनाएको भन्दै विरोध प्रदर्शनमा मुख्यमन्त्री राउतको घरमा ढुंगामुढा गरेको आरोपमा वीरगन्ज– १, छपकैयाका २६ वर्षीय सुमन पटेल पक्राउ परेका थिए ।
प्रहरीले उनलाई ढुंगामुढा गरेपछि नियन्त्रणमा लिएर आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
तपाईको प्रतिक्रिया