मन्त्री रेणु यादवलाई कालो झण्डा देखाउने जनमतका पाँच पक्राउ

समाचार

रौतहट, ५ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कालो झण्डा देखाउने जनमत पार्टीका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् ।

रौतहटको सदरमुकाम गौरस्थित जनमत पार्टी लगायतका किसानहरुले कालो झण्डासहित बिरोध प्रदर्शन गरेका थिए ।

किसानको माग पुरा नभएसम्म संघीय सरकार एवं प्रदेश सरकारका मन्त्रीहरुलाई मधेश प्रवेशमा निषेध गरेको जनमत पार्टीले पत्र पनि जारी गरेको थियो ।

मधेश बलिदानी दिवस २०७८ को अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनु यादवले समाजवादी युवा संघ नेपाल रौतहटको जिल्ला स्तरीय युवा भेला सभाको प्रमुख अतिथिको रुप आगमन हुनुपूर्व कालो झण्डासहित विरोध गरेका जनमत पार्टी केन्द्रीय सदस्य ललित मलित सानुले बताए ।

विरोध प्रदर्शन गौर बजारस्थित रहेको गुप्ता पेट्रोल नजिक चौकदेखि बिपि चौकसम्म कालो झण्डासहित नाराबाजी गरिएको हो ।

ठाउँ–ठाउँमा नाराबाजी, टायर बाली प्रदर्शन गर्दा प्रहरी र जनमत पार्टी नेता कार्यकर्ताबीच झडप पनि भएको थियो ।

ज्वाला रणविर, साहालम, प्रभु यादव, अशोक सिंह, जोखन जयसवालसहित पक्राउ परेको केन्द्रीय सदस्य ललित मल्लित सानुले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ