जनकपुरधाम, ६ माघ । आसन्न राष्ट्रियसभाको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एमाले)ले मधेश प्रदेशमा संयुक्तरुपमा भाग लिने सहमति भएको छ ।
सो सहमतिअनुसार अन्य तर्फ एमालेका उम्मेद्वार उसमान अन्सारी (सूर्य छाप) र महिलातर्फ लोसपाकी उम्मेद्वार उषा कुमारी यादव (साइकल छाप)लाई मतदान गर्न अपिल गरिएको छ ।
सो सहमतिपत्रमा एमालेको मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।
राष्ट्रियसभाको चुनाव यही माघ १२ गते बुधबार हुँदैछ ।

तपाईको प्रतिक्रिया