मलङ्गवा अस्पतालमा १७ हाइ डिपेन्डेन्सी बेड 

समाचार

सर्लाही, ६ माघ । जिल्ला अस्पताल मलङ्गवाले कोरोना भाइरस संक्रमितको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी (एचडियू) बेड तयार पारेको छ ।

अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि १७ वटा एचडियू बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिए ।

अस्पतालमा ६५ थान अक्सिजन सिलिण्डर र ४० अक्सिजन कन्सन्टे«टर तयारी अवस्थामा राखिएको पनि उनले बताए । उनले भने, ‘अब गम्भीर अवस्थाका संक्रमितको उपचार जिल्लामै गर्न सकिन्छ ।’

अस्पतालको पुरानो भवनलाई कोभिड वार्डको रुपमा छुट्याइएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ । कोरोना संक्रमण बढेपछि जिल्ला अस्पताल मलङ्गवामा पीसिआर ल्याब पुनः सञ्चालनमा ल्याइएको छ ।

भारतसँगको खुल्ला सिमाना र जिल्लाका हाटबजारमा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना नगर्ने गरेका कारण पनि जिल्लामा कोरोना भाइरस संक्रमण दर बढेको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ