मधेश प्रदेशमा १४ जना ओमिक्रोन संक्रमित

समाचार

जनकपुरधाम । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मधेश प्रदेशमा पनि देखिएको छ । मधेश प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए । 

५२७ जनामा परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको उनले बताए ।

पछिल्लो समय मधेश प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ । अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २०७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

हाल यस प्रदेशमा १ हजार २११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरुमध्ये आईसीयूमा २ जना, एचडीयुमा ४ जना र बाँकी होम आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ