करेन्ट लागेर महिलाको मृत्यु

समाचार

धनुषा, ८ माघ । धनुषाधाम नगरपालिका–३ तेजनगर बस्ने ५५ वर्षीया बिन्देश्वरी कापरको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ ।     

सोही ठाउँ बस्ने राज कुमार यादवको घरमा बिहेको अवसरमा गित गाउनलाई माईक समाउँदा अचानक करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पतल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ