पर्सामा हजारौं नेता कार्यकर्ता लोसपामा प्रवेश

समाचार

वीरगन्ज, ८ माघ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल  कालिका माई गाउँ पालिका कमिटी (पर्सा)  द्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हजारौं नेता कार्यकर्ता प्रवेश गरेका छन् ।

माओवादी केन्द्र परित्याग गरी प्रभावशाली महिला नेतृ सीमा गुप्ताको नेतित्वमा एक हजार भन्दा बढी स्थानीय बासिन्दा लोसपा प्रवेश गरेका छन् । 

गाउँपालिकाका कार्यवाहक प्रमुख एवं लोसपाका नेता राजेश चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री लक्षमणलाल कर्ण, विशिष्ट अतिथि एकबाल मिया, जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, नेताहरू रामचन्द्र पन्डित, अनिरुध कलवार, जिल्ला वरिष्ठ उपाध्यक्ष सन्तोष तिवारी, श्रीराम गिरि, वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फ लगायतले नवप्रवेशीहरुलाई अबिर माला लगाइ पार्टी प्रवेश गराएका थिए । 

कार्यक्रमको सहजीकरण युवा नेता राजेश साहले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ