जनकपुरधाम, ८ माघ । धनुषा चेम्बर अफ कमर्सको आयोजनामा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा गरीब तथा विपन्न परिवारका १०१ बालिकाहरुलाई समीज, सुरूवाल, दुपट्टा तथा शल (चादर ) वितरण गरिएको छ ।
उक्त कार्यक्रममा अध्यक्षता धनुषा चेम्बर का अध्यक्ष बिजय साह, कार्यक्रम संयोजक शंकर प्रसाद साह, विशिष्ट अतिथि पूर्बमंत्री अरविन्द साह तथा वाड़ाध्यक्ष जानकी राम साह, अतिथि पूर्ब मेयर बजरंग प्रसाद साह, गौ संरक्षण मंचका अध्यक्ष जगदीश महासेठ, मारवाड़ी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर लगायतका उपस्थिति थियो ।
स्वागत मन्तव्य धनुषा चेम्बरका वरिष्ठ उपाध्यक्षले राखेका थिए भने प्रमुख अतिथि, अतिथि लगायतका व्यक्तित्वले व्यापारिहरुको बर्तमान अवस्था सुधारबारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम भ्रमरपुरा चौक स्थित होटल क्राउन प्लाजÞाको सभा हलमा होटल मालिकको सहयोगले सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया