मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न शान्ति समाजको आग्रह

समाचार

काठमाडौं, ९ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

शान्ति समाजका सभापति गोविन्द खनालले आइतबार एक विज्ञप्ति जारी गरी यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न आग्रह गरेका हुन् ।

हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा बिपरित हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । 

‘आपराधिक  मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज  आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी सी के राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम अशोभनिय गतिबिधीको शान्ति समाज निन्दा गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ