बलेरो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

बाँके, ९ माघ । कोहलपुर नगरपालिका–२ एनसिसिएन चोकस्थित सडकमा भे.१ च २८१५ नम्बरको बलेरो जिप र भे.१० प ४६८ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया बढैयाताल नगरपालिका–३ बस्ने २० वर्षीय राजन कुमार थारुको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय  किशोर थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ